नेपाल चेम्बर अफ कमर्सले १६औं योजनालाई परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानकर्षण गराएको छ। चेम्बरले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई बोलाएर छलफल गरी मुलुकमा उपलब्ध प्राकृतिक स्रोत साधनको उच्चतम प्रयोग एवं निर्यात बढाउने खालका योजना तर्जुमा गर्न सुझाव दिएको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले १५औं योजनामा उल्लेखित धेरै लक्ष्य पूरा हुन नसकेको सन्दर्भमा…