मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका कर्मचारी आन्दोलनमा, भन्सारका सबै काम ठप्प

आजबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका कर्मचारी आन्दोलनमा, भन्सारका सबै काम ठप्प

न्यूजस्टोरी

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार ठप्प गर्ने भएका हुन् ।

सामुहिक सरुवासहित पाँच बुदेँ माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पुर्ण काम बन्द गर्ने भएका छन् । माग सम्बोधन नभए आज मात्र नभएर भोली पनि कार्गो शाखाका सबै काम बन्द गर्ने जनाएका छन् । हिजो उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध जनाएका थिए । भदौं २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले चेतावनी दिएका छन् ।

६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरु धमाधम पक्राउ गरेर आफुहरुलाई आतंकित बनाएको उनीहरुको आरोप छ । जसका कारण भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण खलबलिएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफनो माग दुई साता पुग्न लाग्दा समेत बेवास्ता गरिउको भन्दै आइतबारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन ।

उनीहरुले पहुचका आधारमा राजनीतिक नेतृत्वलाई जोगाउने तर, कर्मचारी तन्त्रलाई भने त्रसित बनाउन सरकार उद्यत रहेको आरोप लगाएका छन । ‘सीआईबीबाटै संचार माध्यमहरुलाई उपलब्ध गराएको सूचना अनुसार घटनाका मूख्य योजनाकार तथा सो सँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका त्यस्ता पहुँचवाला व्यक्तिलाई निजको राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने’, भन्सार प्रशासकसमक्ष प्रस्तुत कर्मचारीको माग पत्रमा उल्लेख गरेका छन् ।