मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० क्यु फिट अवैध सालको काठ पर्सा प्रहरीको नियन्त्रणमा

२० क्यु फिट अवैध सालको काठ पर्सा प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
पर्सा ३० जेष्ठ
पर्सा प्रहरीले अवैध सालको काठ २० क्यु फिट नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक समुन्त अधिकारीको नेतृत्वमा सञ्चालन गरिएको संयुक्त अनुगमन तथा सुरक्षा अभियानका क्रममा उक्त काठ नियन्त्रणमा लिइएको हो।

वन संरक्षण तथा अवैध काठ तस्करी
अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।

पर्सा जिल्लाको वन क्षेत्रमा बिगतका दिनहरुमा बढ्दै गएको अवैध कटानी, चोरी निकासी तथा वन विनाश नियन्त्रणका लागि सुरक्षा निकाय र वन कार्यालय बीचको सँयुक्त गस्ती टोलीले सहकार्य गरी गस्ती शुरु गरेका छन्।

सबैया सब(डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, कविता दास तथा वन कर्मचारी लक्ष्मी साह कानु र अरविन्द कुमारको सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी प्रहरी चौकी बढनियारका इन्चार्ज असई धर्मराज उप्रेती, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम र सदस्य श्रवण प्रसाद साहलगायत स्थानीय वन उपभोक्ताको समेत उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।
यसैगरी सशस्त्र प्रहरी बल नेपालतर्फबाट सई नारायण अधिकारीसहित पाँच सदस्यीय टोली पनि अभियानमा सहभागी भएको थियो।
पटेर्वा सुगौली प्रहरी वनका कर्मचारीहरुको संयुक्त टोलीले वन क्षेत्रमा निगरानी बढाउँदै अवैध काठ ओसारपसार रोक्न विशेष चेकजाँच तथा अनुगमन सञ्चालन गरेको प्रहरीले जनाएको छ।
काठ तस्करहरुले रातीको समयमा पर्सा जिल्लाको वन भित्र पसेर काठ कटान गर्ने र रातीको समयमा विगतका दिनहरुमा तस्करी गरी भारत पुरयाउने गरेका छन्।

पर्सा जिल्लाको वन क्षेत्र प्राकृतिक सम्पदाको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण, संवर्द्धन र दिगो उपयोग सबैको साझा दायित्व भएको सरोकारवालाहरूले बताएका छन्।

पछिल्लो समय सामुदायिक तथा साझेदारी वन क्षेत्रको संरक्षणमा स्थानीय समुदाय, सुरक्षा निकाय र वन कार्यालयबीचको सहकार्यले सकारात्मक परिणाम दिन थालेको स्थानीयहरुले बताएका छन् ।

स्थानीयवासीका अनुसार वन संरक्षण अभियानलाई निरन्तरता दिँदै अवैध कटानी तथा तस्करीमा संलग्न व्यक्तिमाथि पहिचान गरी कडा कारबाही गरिनुपर्ने बताएकाछन् ।

सुरक्षा निकायले आगामी दिनमा पनि वन अतिक्रमण, चोरी निकासी तथा अन्य अवैध गतिविधिविरुद्ध संयुक्त अभियानलाई अझ प्रभावकारी र सशक्त बनाइने प्रहरीले जनाएको छ।
अहिले पर्सा जिल्लाको बन क्षेत्रमा वनका कर्मचारी र प्रहरीले काठको तस्करी रोक्न कडा गस्ती र निगरानी बढाएका छन्।