
काठमाडौं : एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ।
पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत तथा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि सम्पन्न भएको हो।
व्रतालुहरूले बिहानै त्रिवेणीधाममा स्नान गरी माधवनारायणको विधिपूर्वक पूजा अर्चना गरेसँगै एक महिने व्रत समापन गरेका हुन्। माधवनारायण व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहान सबेरै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीबाट पूजा गर्नुपर्ने परम्परा छ।
साथै शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता नलगाउने धार्मिक मान्यता रहेको छ।


प्रतिक्रिया