काठमाडौं, २७ भाद्र । आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्। होटल बुकिङसँगै भुक्तानीसमेत एपबाटै गर्न सकिने कम्पनीले जनाएको छ। बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित रहेकाले भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्काल बुकिङ कन्फर्मेसन प्राप्त…