माघ १ पछि अवलोकनकर्ता झनै बढ्ने अनुमान
किरण कुँवर
चितवन, १ माघ । चितवनको रत्ननगरस्थित टिकौलीचौरमा जारी १३औँ संस्करणको रत्ननगर महोत्सवमा छैठौँ दिनसम्म आइपुग्दा आइपुग्दा एक लाख ५५ हजारले महोत्सवको अवलोकन गरेका छन् ।
पुस २५ बाट सुरु भएको महोत्सवमा अवलोकनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । संघका अध्यक्ष शङ्कर गिरीले माघ १ गतेबाट महोत्सवमा अवलोकनकर्ताको संख्या झनै बढ्ने बताउँछन् । माघ १ गतेबाट अवलोकनकर्ताको संख्या थेग्नै नसक्नेगरी बढ्ने अनुमान गरेका छौँ’, उनले भने, ‘त्यसका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ ।’ उनको भनाई छ ।
महोत्सव प्रवेश गरेका अवलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातिको घर, कृषि परिसर र सांस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ ।
यसैबीच, रत्ननगर महोत्सवअन्तर्गत बुधबार आयोजना गरिएको भविष्यको खेतीपातीको चुनौती र अवसर तथा गीर गाई प्रवद्र्धनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कृषि विज्ञ र अनुभवी किसानहरुले सरकारको असहयोगका कारण अनेक प्रयत्न गर्दा पनि अर्गानिक उत्पादनलाई अगाडि बढाउन मुस्किल भएको बताएका छन् ।


प्रतिक्रिया