शेखर छत्कुली
बारा, २३ असोज । नेपाल प्रहरी सशस्त्र प्रहरीको मिलोमतोमा वारा जिल्लाको विभिन्न नाकाबाट ठुलो मात्रामा तस्करी सँचालन भैरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बाराको मिलोमतोमा मुसहर्वा बलीरामपुर मटिअर्वा नाकाबाट ठुलो मात्रामा लता कपडा पटाका लागु औषध गाँजा चरेश भ्याट ट्यावलेट र कपडाको ठुलो मात्रामा तस्करी शुरु भएको हो । बारा जिल्लाको मटिअर्वा मुसहर्वा बलिरामपुर छतवा लगायतका नाकाहरुबाट दैनिक ५० लाख रुपैयाँ भन्दा बढीको सामान तस्करी भइरहेको छ । सो नाकाबाट तस्करहरुले रातीको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ठुलो रकम दिएर तस्करी गरिरहेका छन् ।
तस्करहरुले नेपालबाट भारततर्फ लागु औषध गाँजा चरेश सोही नाका भएर भारतिय शहर पुरयाउने गरेकाछन भने भारतवाट अवैध रुपमा भन्सार छलेर लता कपडा रजनिगन्धा काजु कस्मेटिक सामान र प्रतिबन्धित लागु औषध भ्याट ट्यावलेट र टिटि ईन्जेकशन रातीको समयमा नेपाल भित्र्याउने गरेको स्थानियहरुले बताएकाछन्।

पर्सा प्रहरी प्रमुख एसपी पवन भट्टराईले पर्सा जिल्लामा तस्करीमा कडाई गरेपछि अहि बारा जिल्लाबाट ठुलो मात्रामा तस्करी सँचालन भैरहेको
स्रोतले जनाएकाछन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले पर्सा जिल्लामा तस्करीमा कडाई गरेपछी तस्करहरुले वारा जिल्लाको विभिन्न नाका मुसहर्वा बलिरामपुर मटिअर्वाबाट लागु औषध देखि लता कपडा समेतको तस्करी सुरु भएको
नाम नछाप्ने सर्तमा एक कारोवारीले न्युज स्टोरी नेपाललाई बताएका छन्।
बाराको मुसहर्वा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक सयौंको संख्यामा ठुलो मात्रामा तस्करीको लाईन सँचालन हुदै आएको छ ।
पर्सा प्रहरीले वीरगन्ज आसपास लगायत जिल्ला भरी तस्करीमा कडाई गरेपछी तस्करहरु अहिले वारा जिल्लाको मुसहर्वा बलिरामपुर मटिअर्वा लगायतका स्थानबाट तस्करीको बाटो रोजेका छन ।

सिमाको सुरक्षा एवम् राजस्व चुहावट र अवैध ओसारपसार नियन्त्रण गर्ने जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै तस्करीको लाईन सँचालन गर्न तस्करहरुलाई छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् । बाराको मुसहर्वा नाकाबाट रातिको १२ बजे पछीको समयमा ठूलो परिमाणमा कपडा तस्करी भइरहेको स्थानियहरुले बताएकाछन् ।
सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमै तस्करीको धन्दा निर्वाध चलिरहेको आरोप सार्वजनिक भएपछि सीमा सुरक्षाको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ।
वाराको मुसहर्वा बलिरामपुर मटिअर्वा सीमावर्ती क्षेत्रमा सर्वसाधारणहरुले घरायसी प्रयोजनका लागि सामान्य मूल्यका सामान भारतबाट ल्याउँदा समेत कडाइ गर्ने दुख दिने गरेको मुसहर्वाका बासिन्दाहरुले बताएका छन । तर, त्यही नाकाबाट रातको समयमा ठूलो परिमाणमा तस्करहरुले अवैध रुपमा भन्सार छलेर कपडा हाडवेयर रजनिगन्धा लागु औषध भ्याट लगायतका किराना र कस्मेटिक सामानहरु नेपाल भित्र्याउदा पनि सशस्त्र प्रहरी र नेपाल प्रहरी लाखौ रुपैयाँ लिएर तस्करलाई तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएकाछन ।
मुसहर्वा प्रहरी चौकीका प्रमुख असई मनोज साहले तस्करहरु सँग लाखौ रुपैयाँ महिनावारी लिएर तस्करीको लाईन दिएको आरोपले वाराका सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएको छ ।
मुसहर्वा नाकामा पछिल्लो समय दिउसोमा मात्र होइन, रातको समयमा समेत ५० लाख रुपैयाँ भन्दा बढीको कपडा ओसारपसार गर्ने समूह सक्रिय देखिएका छन्।
राति ठूलो परिमाणमा सामान भन्सार छलेर भित्रयाउदा सीमा सुरक्षामा खटिएका द्वय प्रहरी निकायले प्रभावकारी नियन्त्रण नगरेको आरोप छ ।
त्यसैगरी नेपालबाट भारत तर्फ लागु औषध चरेश गाँजा तस्करहरुले भारत तर्फ लाने गरेकाछन।
सर्वसाधारणले एक २ हजार रुपैयाँ बराबरको घरायसी सामान ल्याउँदा राजस्व चोरीको आरोप खेप्नुपर्ने, तर ठूलो परिमाणमा तस्करहरुले तस्करीको सामानहरु अवैध रूपमा भन्सार छलेर भित्रयाउदा पनि सशस्त्र प्रहरी र नेपाल प्रहरी आखा चिम्लेर बसेको आरोप स्थानियहरुको रहेको छ ।
सीमा सुरक्षाको नाममा मुसहर्वा बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको विओपी र मुसहर्वा प्रहरी चौकीले सर्व साधारणलाई दुःख दिने तर संगठित रूपमा हुने अवैध ओसारपसारप्रति द्वय प्रहरीले रकम लिएर आँखा चिम्लिने गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
वारा जिल्लाको मुसहर्वा बलिरामपुर मटिअर्वा लगायतका स्थानमा रहेको सशस्त्र प्रहरीको विओपी र नेपाल प्रहरीको चौकीहरुले घुमुवा राखेर तस्कर सँग महिनावारी लिएर प्रहरी चौकी ईप्रका हुदै वारा जिल्लाको क्राईम ब्रान्चका प्रमुख सम्म पुर्याउने गरेको नाम नछाप्ने सर्तमा एक तस्करले बताएकाछन्।
वाराका द्वय प्रहरीहरुले घुमुवा मार्फत तस्कर सँग आ(आफनो घुमुवा मार्फत महिनावारी असुल्ने गरेको आरोप स्थानियहरुले लगाएका छन्।
वारा जिल्लाको सो नाकाबाट हुने तस्करीको बारेमा सामाचार प्रकाशित हुदा आफना घुमुवामा रहेका सिपाही र हवलदारलाई मात्र कारवाही सवरुप जिल्ला तान्ने र सशस्त्र प्रहरीको विओपीका प्रमुख र नेपाल प्रहरीको चौकीका घुमुवालाई मात्र कारवाही गर्ने गरेको सिमामा रहेका प्रहरीहरु नै बताउँछन्।
यसरी वारा जिल्लाबाट सँस्था तस्करी हुदा समेत सशस्त्र प्रहरी र नेपालका जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख र सशस्त्र प्रहरी बल वारा १३ नम्वर गणका प्रमुखले आफना मातहतमा रहेका प्रहरीलाई कारवाही नगरेको कारण नेपाल सरकारको मासिक करौडौं रुपैयाँ भन्दा बढीको राजश्व घाटा व्यहोर्नु परेको छ। यस तर्फ समबन्धित निकाएको ध्यान जान जरुरी छ।


प्रतिक्रिया