मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन प्रवद्र्धन, सामुदायिक एकता र जिम्मेवार राइडिङ संस्कृतिका लागि ‘सौराहा राइडसर क्लब ’ आयोजना हुँदै

पर्यटन प्रवद्र्धन, सामुदायिक एकता र जिम्मेवार राइडिङ संस्कृतिका लागि ‘सौराहा राइडसर क्लब ’ आयोजना हुँदै

न्यूजस्टोरी

सामुदायिक भेटघाट तथा साहसिक पर्यटनमा लाई एकै ठाउँमा जोड्दै ‘सौराहा राइडसर क्लब ’
किरण कुँवर
चितवन, २५ असोज । मोटरसाइकल संस्कृतिको प्रवर्दन र विभिन्न राइर्डस क्लबबीच आपसी भाइचारा अभिबद्धि तथा सौराहाको स्थानीय पर्यटनलाई थप चलायमान बनाउने उदेश्यले माइलस्टोन इन्फिल्डर्स मोटरसाइकल क्लवले सौराहा राइडर्स क्लव भोल्युम १ आयोजना गर्ने भएको छ । मुलुकका विभिन्न स्थानबाट मोटरसाइकलपे्रमी तथा राइडर्स क्लवका सद्स्यहरुलाई एकै ठाउँमा जोेड्ने लक्ष्य राखिएको यस कार्यक्रमले सौराहालाई बन्यजन्तु पर्गटनका लागि मात्र नभई सामुदायिक भेटघाट तथा साहसिक पर्यटनलाई एकै ठाउँमा जोड्न मद्धत पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रमले स्थानीय पर्यटन, होमस्टे र पुरातन कला संस्कृतीको जगेर्नामा स्थानीयको भुमिका कति प्रभावकारी हन सक्छ भनेर देखाउने छ । कार्यक्रमले साहसिक पर्यटनको प्रवर्दन गर्नुका साथै स्थानीय कला संंस्कृति र आतिथ्यतालाई थप उजागर गर्ने बताउँदै क्लवका संस्थापक अध्यक्ष कौशल सुवेदीले स्थानीय ब्यावसायी र समुदायसँग थप विश्वसनिय सम्बन्ध स्थापित हुने उल्लेख गर्नुभयो । कार्यक्रम यहि असोज २९ र ३० गते गरि दुई दिनसम्म इडेन जंगल रिसोर्ट सौराहामा हुनेछ ।