शेखर छत्कुली
वीरगञ्ज, २९ असोज । सशस्त्र प्रहरी बलले अबैध रुपमा नेपाल प्रबेश गरी काठमाण्डौको बिभिन्न स्थानमा वसिरहेका दश जना विदेशि नागरिकहरुलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको एपीएफ ईन्टेलिजेन्स ब्यूरोले काठमाण्डौको बिभिन्न स्थानहरुबाट २८ गते असोज १० जनालाई पक्राउ गरी अध्यागमन विभाग कालिकास्थानमा आवश्यक कारबाहिका लागि बुझाएको छ ।

पक्राउ पर्नेहरुमा वर्ष ४५ को मोहमद मुक्तर होसेन, वर्ष ३९ को अब्बास अली, वर्ष ४६ को रफिक आलम ,वर्ष ४० को मोहम्मद अरिफ सोसन ,वर्ष ३० को अजिजुल र वर्ष २९ को अब्दुल,३७ बर्षका मोहम्मद आलम करिम , बर्ष ३६को मेहेताब मण्डल , वर्ष २० को रातुल ईस्लाम र वर्ष ३० को बसर खानलाई समेत लाई सशस्त्र प्रहरी बल, नेपाल नं.१८ गण हे.क्वा.(बिशिष्ट व्यक्ति तथा महत्वपुर्ण प्रतिष्ठान सुरक्षा)बाघभैरव काठमाण्डौबाट खटिएको टोलीले आवस्यक कारवाहिका लागि अध्यागमन बिभाग कालिका स्थानमा बुझाएको छ ।


प्रतिक्रिया