पथरीशनिश्चरे, १५ भाद्र । अजरबैजानमा हुने फिफा यु–१५ विश्वकप एन्ड फेस्टिभलका लागि कोशी प्रदेशबाट ६१ जना खेलाडी छनोट भएका छन्। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालन गरिएको छनोट प्रक्रियाबाट प्रदेशका विभिन्न जिल्लाबाट सहभागी खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट भएका हुन्। मोरङबाट १५ जना, इलामबाट १२ जना, सुनसरीबाट ११ जना, झापाबाट ९ जना र पाँचथरबाट ५…