किरण कुँवर
चितवन, २१ फागुन । आगामी फागन २५ गतेबाट रत्नप्रिय महिला फुटवल प्रतियोगिता हुने भएको छ ।
रत्नप्रिय क्लव रत्ननगर चितवनको आयोजनामा रत्ननगरको टिकौली चौरमा संचालन हुने उक्त प्रयिोगितामा ८ क्लवले सहभागिता जनाउने भएका छन् । चौथो रत्न प्रिय महिला फुटलवमा रत्नप्रिय क्लव, अभिषेक चर्च रजहर, नवलपुर फुटवल क्लव सहभागी हुनेछन् ।

साथै खेलमा हेटौडा फुटवल एकेडेमि, संकटा फुटवल क्लव, पद्मा स्पोर्टस क्लव, आरएस फ क्लव पोखरा र निगगढ फुटवल एकेडेमि सहभागी हुनेछन् । रत्ननगर नगरपालिका प्रर्वद्धक रहेको उक्त प्रतियोगिताको संरक्षक भने रत्ननगर नगरपालिकाको वडा नंं. ९ को कार्यालय रहेको छ ।

प्रतियोगितामा सहभागी क्लवहरु मध्य प्रथम हुनेलाई एक लाख ११ हजार एक सय ११ पुरस्कार स्वरुप प्रदान गरिनेछ भने, दोस्रो हुनेलाई ५५ हजार पाँच सय ५५ नगद सहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगिताले महिला खेलाडी प्रतिको सम्मान र मनोवल बढाउन उल्लेख्य भुमिका खेल्ने पनि आयोजकको दावी छ । खेल चैत्र २ गते सम्म संचालन हनेछ ।


प्रतिक्रिया