मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा प्रहरी प्रशासनको मिलोमतोमा दैनिक ५० लाख रुपैयाँ कौडा जुवा सन्चालनमा

बारामा प्रहरी प्रशासनको मिलोमतोमा दैनिक ५० लाख रुपैयाँ कौडा जुवा सन्चालनमा

न्यूजस्टोरी

जुवाको कारण चोरीको घटनामा वृद्धि, मासिक २५ लाख ‘महिनावारी’ बुझाएर ठूलो जुवाखाल सञ्चालन
शेखर छतकुली
बारा, ६ भाद्र । बारा जिल्लामा प्रहरी प्रशासनको मिलोमतोमा ठुलो मात्रामा कौडा जुवा सन्चालन भइरहेका सामाचार प्राप्त भएको छ।
बारा जिल्लाको प्रस्टोका बेलैयामा ठुलो मात्रामा कौडा जुवा सन्चालनमा रहेको हो ।
बारा जिल्लाको जिल्ला प्रहरी कार्यालय देखी करिव ५ किलो मिटर टाढा रहेको प्रसौनी गाउँ पालिका अन्तर्गतमा रहेको वार्ड नम्बर ५ मा काशमिरी भन्नेको घरमा केही दिन पहिले जुवा हुदै आएपनि अहिले सोही ठाउँको वडा न ५ मा प्रस्टोका बेलैयार भलुहीको बिचमा रहेको बाँसघारीमा दैनिक ५० लाख रुपैयाँ भन्दा बढीको कौडा जुवा सन्चालन रहेपनि वारा जिल्लाको प्रहरी प्रशासन बेखबर रहेको नाम नछाप्ने सर्तमा एक स्थानीयले हामीलाई बताएका छन्।

बारा जिल्लाको प्रस्तावित बेलहिया क्षेत्रमा अहिले ठूलो जुवाको खाल सञ्चालन भइरहेको तथ्य बाहिरिएको छ ।
प्राप्त जानकारीअनुसार, विश्रामपुरका रविन्द्र कुशवाहा, सुन्दर र अलौका अर्का एक व्यक्ति गरी तीन जना पुराना जुवाडेको समूहले यो खाल सञ्चालन गर्दै आएको सामाचार स्रोतले जनाएको छ।
कौडा जुवा खेलाउने व्यक्तिहरुले बारा प्रहरी र स्थानीय प्रहरी प्रशासन, तथा केही पत्रकारहरूलाई समेत प्रभावमा पारी मासिक २५ लाख रुपैयाँ ‘महिनावारी’ बुझाएर निर्वाध रूपमा उक्त अवैध जुवा धन्दा चलाइरहेका छन्।

उक्त जुवाको कारणले गर्दा वारा जिल्लामा चोरीको घटना बढेको स्थानीयहरुले आरोप लगाएका छन्।
सो स्थानमा कौडा जुवा खेल्न वारा पर्सा जिल्लाको र छिमेकी मुलुक भारतको आदापुर छौडादानो रक्शौल लगायतका मानिसहरु दैनिक सो ठाउँमा कौडा जुवा खेल्न आउने गरेका छन्।