शेखर छत्कुली
वीरगन्ज, २६ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज १० स्थित आदर्शनगरवाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ र २ वटा मोटरसाइकल सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीको टोलीले बिषेश सुचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नम्वर १० स्थित आदर्शनगरवाट सोमवार साँझ उक्त रकम सहित चारजनालाई नियन्त्रणमा लिएको हो ।

स्रोत नखुलेको रकम सहित पक्राउ पर्नेमा भारत, बिहार, सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बारा जिल्लाको प्रसौनी गाउँपालिका–१ प्रसौनी बस्ने वर्ष ३२ का उपेन्द्र साह, ऐऐ बस्ने वर्ष २६ सागर कुमार सर्राफ र पर्सा जिल्लाका विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने वर्ष २५ का राहुलकुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक चक्र मल्लले जनाएकाछन् ।
पर्सा प्रहरीको विशेष टोलीले उनीहरूलाई सोमबार साँझ ६स्३० बजे वीरगन्जकोआदर्शनगरबाट मोटरसाइकलमा सवार रहेको अवस्थामा चेकजाँचको क्रममा पक्राउ परेकाहरले वोकेको झोला खानतलासी गरपछी स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मल्लका अनुसार सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागर कुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ नगद स्रोत नखुलेको रकम बरामद गरेको छ ।
बरामद रकमहरु मध्ये १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका २ हजार ३ सय ५३ थान नोटबाट ११ लाख ७६ हजार ५०० रुपैयाँ, १ सय दरका ६ सय ४३ थान नोटबाट ६४ हजार ३०० रुपैयाँ र ५० दरका ८४ थान नोटबाट ४ हजार २०० रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक मल्लले जनाएकाछन् । बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले बतायो । पर्सा जिल्लामा यतिको ठुलो रकम वर्षौ पछी प्रहरीले पक्राऊ गर्न सफल भएको छ ।
पर्सा प्रहरीले पक्राऊ गरेको सो रकम हुण्डी कारोबारीहरुको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । पर्सा जिल्लामा भर्खरै केही दिन पहिले आएका पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले जिल्लामा कडाई गरेका छन्।


प्रतिक्रिया