बारा, १० कार्तिक । बाराको मटिआर्वा नाकाबाट तसकरी शुरु भएको छ।
वारा जिल्लाको विभिन्न नाका लगायत मटिआर्वा नाकावाट रातिको समयमा खुल्लम खुल्ला तस्करी सन्चालन भइरहेका हो ।
वारा जिल्ला स्थित नेपाल भारतको सिमानाकामा रहेको मटिआर्वा प्रहरी चौकी र सशस्त्र प्रहरीको संरक्षणमा ठूलो मात्रामा अवैध सामान ओसारपसार भइरहेको स्थानीयवासीले बताएकाछन् ।
स्थानीय स्रोतका अनुसार, सो नाकाबाट रातीको समयमा लत्ताकपडा, हार्डवेयर, काजु, जुत्ता–चप्पल, रजनिगन्धा, लागु औषध भ्याट पटाकासमेत लगायतका सामानहरु तस्करहरुले प्रहरीको मिलेमतोमा भारतबाट नेपाल भित्र्याउने गरेकाछन भने नेपालबाट कवाड, चाइनिज मकै,लहसुन, फर्सीको बीउहरु ठुलो मात्रामा भारत लाने गरेकाछन ।
सो नाकाबाट नेपाल भारतका झन्डै एक दर्जनभन्दा बढी तस्करीमा तस्कर समूहहरु सक्रिय रहेको स्रोतले जनाएको छ।
प्रहरी चौकी प्रमुखमाथि तस्करहरुलाई संरक्षण गरेको आरोप ।
प्रहरी चौकी मटिआर्वाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) राकेश साह छन्। साह चौकी प्रमुख भएर आएपछि नाकाबाट तस्करी बढेको स्थानीयहरुले आरोप लगाएका छन् ।
स्थानीयहरुले रातिको समयमा तसकरहरुले अवैध सामानको ओसारपसार बढेको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।
नाम सार्वजनिक नगर्ने सर्तमा एक व्यक्तिले प्रहरीका उच्च अधिकारीको नामसमेत जोडेर रकम असुली हुने गरेको आरोप लगाएका छन्।
स्थानियका अनुसार, वारा जिल्लाका प्रहरी अधिकारीदेखि डीआईजीसम्मको नाम लिएर रकम उठाउने गरिएको बताउछन् ।

दिनमा कडाइ, राति तस्करीलाई सहज ?
स्थानीयको गुनासोअनुसार, दिउँसो घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई समेत चेकजाँचमा कडाई गर्ने र घरायसी सामान समेत नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिने रातीमा महिनावारी रकम लिएर तस्करहरुला तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन्।
तर, रातिको समयमा तस्करहरुले मोटरसाइकल साईकल र ठेलामा सामान ओसारपसार हुँदा समेत कानमा तेल हालेर बसेको नेपाल प्रहरी र सशस्त्र प्रहरी माथी आरोप छ ।
रातिको समयमा ठेलामार्फत कवाड भारततर्फ लैजाने र त्यसैको आडमा कपडा, मकै तथा अन्य सामान नेपाल भित्र्याउने गरिएको स्रोतको दाबी छ।
यस्तो गतिविधि नियमित रूपमा भइरहेको भए पनि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम नचालिएको स्थानीयको गुनासो छ।
घुमुवा प्रहरीमार्फत रकम उठाउने गरेको दाबी
नाकामा सक्रिय समूहबाट घुमुवा प्रहरी मार्फत रकम संकलन हुने गरेको आरोपसमेत लागेको छ।

उता बारा जिल्लामा रहेको अपराध नियन्त्रण गर्नका लागी रहेको क्राईम ब्रान्च प्रहरी समेत निस्क्रिय रहेको छ ।
सीमावर्ती नाकामा अवैध सामानको ओसारपसार तथा राजश्व चुहावट नियन्त्रण गर्न सशस्त्र प्रहरीको टोली नै सिमा नाकाहरुमा २४ घण्टा तैनाथ रहेपनि तस्करी नियन्त्रण हुन नसक्दा वारा जिल्लाको सशस्त्र प्रहरी माथी पनी प्रश्न चिन्ह खडा भएको छ ।
तर, बारा जिल्लामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै संरक्षणमा दैनिक सो नाकाबाट ५० लाख रुपैयाँ भन्दा बढीको अवैध रुपमा भन्सार छलेर महँगो लता कपडा लगायतका सामानहरु तस्करले नेपाल भित्र्याउने गर्दा नेपाल सारकारको करौडौं रुपैयाँ भन्दा बढीको राजश्व गुम्ने गरेको छ । यस तर्फ राज्यको बेलैमा ध्यान जान जरुरी देखिएको छ।


प्रतिक्रिया