मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्रोत नखुलेको २ लाख भन्दा बढी रकम सहित २ जना पर्सा प्रहरीको नियन्त्रणमा

स्रोत नखुलेको २ लाख भन्दा बढी रकम सहित २ जना पर्सा प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज १६ साउन । पर्सा प्रहरीले स्रोत नखुलेको भारतिय रुपैयाँ सहित २ जनालाई जनालाई नियन्त्रणमा लिएको छ।

पर्साको इलाका प्रहरी कार्यालय जगरनाथपुर प्रहरीले चेकजाँचको क्रममा स्रोत नखुलेको भारतीय रकम सहित २ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं २ गणडक नहरको सडक खण्डमा ना १० प ४४६९ मोटरसाइकल रोकी चेकजाँच गर्दा पक्राउ परेका साथबाट भारतिय ५ सयको ३ सय ६५ थान २ सयको ७५ थान १ सयको ३ सय ६५ थान गरी जम्मा २ लाख १० हजार रुपैयाँ बरामद गरेको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक मल्लले जनाएकाछन्।

उक्त रकम सहित पक्राउ पर्नेमा मकवानपुर जिल्लाको राउसीङ्ग गाउँपालिका वडा नं २ हाल पर्सा जिल्लाको चितवन माडी नगरपालिका वडा नं ९ हनुमानझुला बस्ने वर्ष ४२ का दिपेश हिमडूङ र ऐऐ बस्ने तिलक हिमडूङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र मल्लले बताएकाछन्।

पर्सा प्रहरीले नियन्त्रणमा लिएका दुबै जनामाथी थप अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ ।