मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुशासनको नाराबीच बारा यातायातमा ‘सेटिङ’ विवाद, लाइसेन्समा घुस असुलीको आरोप

सुशासनको नाराबीच बारा यातायातमा ‘सेटिङ’ विवाद, लाइसेन्समा घुस असुलीको आरोप

न्यूजस्टोरी

प्रभात यादव
बारा, साउन १३ । देशभर सुशासन र भ्रष्टाचार नियन्त्रणको बहस चलिरहेका बेला कलैयास्थित बारा यातायात व्यवस्था कार्यालय फेरि विवादमा तानिएको छ। कार्यालय प्रमुख रामस्वार्थ महतोमाथि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा आर्थिक चलखेल गरेको गम्भीर आरोप सार्वजनिक भएको छ।
नाम नखुलाउने सर्तमा कार्यालयकै एक कर्मचारीले गरेको दाबीअनुसार, सोमबार कलैयास्थित एक होटलमा विभिन्न जिल्लाका ड्राइभिङ प्रशिक्षण केन्द्र सञ्चालकसँग गोप्य बैठक बसेको थियो। उक्त बैठकमा लाइसेन्स वितरणसँग सम्बन्धित आर्थिक ‘सेटिङ’ गरिएको आरोप लगाइएको छ।
स्रोतका अनुसार, बैठकमा मोटरसाइकल लाइसेन्सका लागि रु। १३ हजार र काररजिप लाइसेन्सका लागि रु। १८ हजारसम्म असुल्ने विषयमा छलफल भएको दाबी गरिएको छ। तर, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
यस्तै, बैठकमा सहभागीहरूका लागि राति विशेष भोजसमेत आयोजना गरिएको स्रोतको भनाइ छ। यद्यपि, यसबारे सम्बन्धित पक्षले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
घटनापछि स्थानीय नागरिकले यातायात व्यवस्था कार्यालयमा हुने भनिएको अनियमिततामाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्। सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गर्न सम्बन्धित निकायले तत्काल सत्यतथ्य अनुसन्धान गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।
यस विषयमा कार्यालय प्रमुख रामस्वार्थ महतोको प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन। प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि समावेश गरिनेछ।
अब प्रश्न उठेको छ—सुशासनको प्रतिबद्धता व्यक्त गरिरहेको सरकारले यस्ता आरोपको निष्पक्ष अनुसन्धान गरी सत्य बाहिर ल्याउनेछ कि आरोपहरू केवल चर्चामै सीमित हुनेछन्रु यसको उत्तर सम्बन्धित निकायको अनुसन्धान र आधिकारिक निष्कर्षले नै दिनेछ ।