मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगन्जमा तेल चोरीको आरोपमा पम्पका कर्मचारी र टयाङकर सहित ७ जना पर्सा प्रहरीको नियन्त्रणमा

वीरगन्जमा तेल चोरीको आरोपमा पम्पका कर्मचारी र टयाङकर सहित ७ जना पर्सा प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगंज, २२ साउन
वीरगन्जमा पेट्रोलियम पदार्थ बोकेका हवाई इन्धन ट्यांकरको सिल तोड्दै गरेको अवस्थामा पर्सा प्रहरीले वीरगंजबाट सात जनालाई नियन्त्रणमा लिएको हो ।

पर्साको वीरगंज महानगरपालिका–१४ स्थित सौदागर आयल निगमको पेट्रोलपम्पमा सिल तोडेर तेल निकालेको अवस्थामा पर्सा प्रहरीले पम्पको र सो पेट्रोलियम पदार्थ बोकेका चालक सह चालक गरी ७ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्र मल्लको नेतृत्वमा रहेको प्रहरी टोलीले पम्पमा रहेको ना.७ ख १५३९ नम्बरको ट्यांकरमा लोड रहेको हवाई इन्धनको सिल तोडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिएको जनाएकाछन्।
पक्राउ पर्नेहरुमा जिल्ला पर्सा बिरगंज महानगरपालिका ३ बस्ने वर्ष ५५ को पेट्रोल पम्प सञ्चालक सुनैन मिया वीरगन्ज १५ लछुमनवा बस्ने वर्ष २३को पम्पका कर्मचारी असलम हवारी वीरगन्ज ११ बस्ने वर्ष २१ को पम्पका कर्मचारी रफिक मिया जिल्ला मकवानपुर हेटौंडा उपमहानगर पालिका ११ बस्ने वर्ष २० को सन्देश राना मगर जिल्ला मकवानपुर हेटौंडा उपमहानगर पालिका १० बस्ने वर्ष ४६ को केशर राम सुनार जिल्ला मकवानपुर हेटौंडा उपमहानगर पालिका १४ बस्ने वर्ष ५० मन्द सिह लामा जिल्ला मकवानपुर हेटौंडा उपमहानगर पालिका २४ बस्ने वर्ष २७ को उमेश राना मगर रहेको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक चक्र मल्लले जनाएकाछन्।

डिएसपी मल्लका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ भने यस बारे अनुसन्धान पछी घटनाको विस्तृत विवरण सार्वजनिक गरिने सन्चारकर्मीलाई जनाएकाछन् ।