मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खैरहनी तेकवान्दो डोजाङ्गकोे जीत

खैरहनी तेकवान्दो डोजाङ्गकोे जीत

न्यूजस्टोरी

किरण कुँवर
चितवन, २६ कार्तिक । चितवनको नारायणी नदी किनारमा सुरु भएको खेलकुद तथा ब्यापारिक महोत्सवमा आज तेकवान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
कार्तिक १८ गतेदेखि सुरु भएको महोत्सवमा उल्लेख्य दर्शकहरुको सहभागिता रहेको आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो ।

आज भएको खेलमा खैरहनी तेकवान्दो डोजाङ्गले लगातार चौथो पल्ट उपाधी जितेको हो । त्यस्तै, न्यू कुमरोज तेकवान्दो डोजाङ्गले पनि दोस्रो स्थान हाँसिल गर्न सफल भएको छ ।

खैरहनी तेकवान्दो डोजाङ्गका प्रशिक्षक करण गुप्ताले आफ्नो समुहको खेलले आँफू खुसी भएको बताउनुभयो ।