काठमाडौं, २७ भाद्र । नटिङ्घम फरेस्टले प्रिमियर लिगमा खराब लयमा रहेको एस्टन भिल्लालाई पराजित गरेको छ।
भिल्ला पार्कमा शनिबार भएको खेलमा फरेस्टले घरेलु टोलीलाई २–१ ले पराजित गरेको हो।
पहिलो जितसँगै फरेस्ट ४ खेलबाट ५ अंकसहित ११औं स्थानमा उक्लिएको छ। भिल्लाका लागि भने यो नतिजाले सिजनको सुरुआती चरणमा थप दबाब बढाएको छ। समान खेलबाट एक अंक रहेको भिल्ला १९औं स्थानमा छ।
पहिलो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन्। तर, लियाम डेलापले दोस्रो हाफको सुरुआतमै फरेस्टलाई अग्रता दिलाए। यो फरेस्टका लागि डेलापको पहिलो गोल थियो।
एस्टन भिल्लाका एलिसनले ७४औं मिनेटमा बराबरी गोल गरेका थिए। तर‚ बराबरी लामो समय टिकेन।
तर, इगोर जेससले ८८औं मिनेटमा गोल गर्दै फरेस्टलाई जित दिलाए।


प्रतिक्रिया