मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

न्यूजस्टोरी

काठमाडौं, १० भाद्र । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार अहिलेसम्ममा २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ।

जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ।

धादिङमा ११ महिला, ५ पुरुष, २ (पहिचान नखुलेको) गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना (पहिचान नखुलेको)को शव फेला परेको छ। चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना (पहिचान नखुलेको)को शव भेटिएको छ।

त्यसैगरि तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको छ। प्रहरीका अनुसार ठुलो संख्यामा सम्पर्क बिहिन अवस्थामा रहेका छन् । खोज, उद्दार र राहतका लागि राज्यका सबै निकायहरु परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।