४ लाख ५० हजार अवलोकन कर्ता सहभागी
किरण कुँवर
चितवन, ७ माघ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आयोजित १३औं संस्करणको रत्ननगर महोत्सवको बुधवार सकिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सव पौष २५ गतेबाट सुरु भएको थियो । करिव दुई हप्ता सञ्चालन भएको महोत्सवमा ४ लाख ५० हजार अवलोकन कर्ता सहभागी हुँदा करिव २७ करोडको कारोबार भएको आयोजकको दावी छ । यस पटकको महोत्सवमा रामजानकी मन्दिरको मुल गेट निर्माण गरिएको थियो । महोत्सव अबलोकन गर्न आएका अधिकाँसले रामजानकी गेटमा फोटो र भिडियो खिचेका छन् ।
महोत्सव अन्तर्गत गरिएको मह उत्सब उत्पादन र बजारीकरणको हिसाबले कोसेढुंगा सावित भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेको समापन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले रत्ननगर महोत्सवको १३औं संस्करण अहिले सम्मकै उत्कृष्ट भएको दावी गरे ।
समग्र जिल्लाकै आर्थिक विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ । महोत्सवमा आयोजना गरिएको कृषि उत्पादन र बजारीकरण तथा युवा रोजगार सम्बन्धी कार्यशालाले एक खालको मार्गचित्र तयार भएको पारेको भन्दै संघका अध्यक्ष गिरीले महोत्सव अर्थ पार्जनमा मात्रै नभएर सीप आर्जनमा समेत महत्वपूर्ण बनेको बताउनुभयो ।


प्रतिक्रिया