मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड, ग्लोबल आइएमई बैंकको श्रावण स्पेसल अफर

महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड, ग्लोबल आइएमई बैंकको श्रावण स्पेसल अफर

न्यूजस्टोरी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको योजनाअन्तर्गत महिला ग्राहकहरुले निशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना साउन १६ गतेदेखि सिमित अवधिका लागि लागू हुनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।