मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलियम पदार्थको मूल्यफेरी बढ्यो,एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १३० घट्यो

पेट्रोलियम पदार्थको मूल्यफेरी बढ्यो,एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १३० घट्यो

न्यूजस्टोरी

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएको छ । भारतबाट मूल्यसूची बढेर आएको भन्दै निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सूची बढेर आयपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताएको छ ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँमा कारोबार भइरहेको छ भने डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुग्ने भएको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुग्ने भएको छ ।

यस्तै, निगमकाअनुसार खाना पकाउने एल्पी ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको छ । हवाई इन्धनको मूल्य भने अहिलेलाई यथावत् राखिएको छ ।