काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको १४ औँ वार्षिकोत्सव कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरू मध्येबाट उत्कृष्ट हुने विजेता तथा उप विजेताहरूलाई अध्यक्ष हेमराज ढकालले प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए ।
साथै कम्पनीमा पाँच वर्ष सेवा अवधि पुगेका, वर्षभरीमा उत्कृष्ट कार्य गर्ने चार जान कर्मचारीहरुलाई प्रमाणपत्र, चाँदीको लकेट ,एक रातको लागि परिवारसहित निशुल्क रिसोर्टमा बस्ने कुपनसमेत प्रदान गरिएको थियो।
कम्पनीका सचिव झलकराज शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा कम्पनीका महाप्रवन्धकले स्वागत मन्तव्य साथै संचालक समितिका सदस्यहरुको तर्फबाट शुभकामना पनि व्यक्त गरेका थिए ।
प्रतिक्रिया