काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैँले चालु खर्च कटौती गर्ने प्रतिबद्धता विपरीत आउँदो आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाउनुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलमा उपाध्यक्ष पौडेलले आउँदो आर्थिक वर्षको बजेटमा चालु खर्च गएको वर्षको तुलनामा ९७ अर्ब रुपैयाँले बढी हुनु…