काठमाडौं । नेपाल राष्ट्र वैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै आगामी आर्थिक गतिविधि चलायमान हुने दाबी गरेको छ। राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केही लचिलो बनाएको छ। अर्थतन्त्रमा सुधार आए पनि बजारमा त्यसको प्रभाव नदेखिएपछि केही लचिलो पारिएको दाबी केन्द्रीय बैंकले गरेको छ।‘बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको विद्यमान आकार, पुँजी पर्याप्तताको अवस्था, बाह्य क्षेत्र सुधार र वित्तीय स्रोत परिचालनको परिदृश्यलाई दृष्टिगत गर्दा आगामी दिनहरुमा तरलता र ब्याजदरमा सुधार आउन गइ आर्थिक गतिविधि चलायमान हुन थप सहयोग पुग्ने देखिन्छ, प्रतिवेदनमा भनिएको छ, ‘तथापि यसलाई दिगो बनाउन उत्पादन र उत्पादकत्व बढाउने गरी संरचनात्मक सुधार कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नु आवश्यक रहेको छ।
प्रतिक्रिया