मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा

सरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा

न्यूजस्टोरी

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गर्नुभएको हो । जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले जानकारी दिनुभयो । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ । जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ । यस्तै, आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर बढाउने र दोस्रो चरणको आर्थिक सुधारको योजना समेत सरकारले बनाएको छ ।अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माणलाई समेत प्राथमिकतामा राखेका छन् । यसैगरी कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बढाइएको छ ।