मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटमा पर्यटनलाई उच्च प्राथमिकता, नेपाल घुमौ नेपाल चिनौ अभियान चलाइने

बजेटमा पर्यटनलाई उच्च प्राथमिकता, नेपाल घुमौ नेपाल चिनौ अभियान चलाइने

न्यूजस्टोरी

काठमाण्डौ । सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पर्यटन क्षेत्रका लागि चालु वर्षमा नौ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आउँदो आर्थिक वर्षका लागि साढे दुई अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ ।

यस्तै सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने बताउनुभयो । यो अङ्ग्रेजी वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याइने बजेटमा उल्लेख छ ।

त्यसैगरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ुनेपाल घुमौँ, नेपाल चिनौँु भन्ने नारासहित अभियान सञ्चालन गरिनेसमेत बजेटमा उल्लेख छ। स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहित गरिने सरकारले जनाएको छ ।