पाओलो माल्दिनीको छोरा डेनियललाई पहिलोपल्ट इटालीको टोलीमा समावेश गरिएको छ। डेनियललाई इटालीका प्रशिक्षक लुसियानो स्पालेटीले शुक्रबार नेसन्स लिगका खेलका लागि बोलाएका हुन्। उनलाई आफ्ना बुबा पाओलो र हजुरबुवा सेसारेको पदचिन्ह पछ्याउन सक्ने खेलाडीको रूपमा लिइन्छ।२२ वर्षीय डेनियल एसी मिलानमा उत्कृष्ट प्रदर्शन गरेका थिए। हाल उनी मोन्जा सरेका छन्। पाओलोले सन् २००२ को विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट…