काठमाडौं, २६ असोज । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई नौ विकेटले हराएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा पाकिस्तानले दिएको ८३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले एक विकेट मात्र गुमाएर ११ ओभरमा भेट्टायो । त्यसअघि दुबईमा टस हारेर पहिला व्याटिङ गरेको पाकिस्तान १९ ओभर पाँच बलमा ८२ रनमा अलआउट भयो । महिला टी–२० विश्वकप…