मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घाईते साका टिम बाहिर

घाईते साका टिम बाहिर

न्यूजस्टोरी

आर्सनलका विङ्गर बुकायो साका ईङ्ल्याण्डको राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।

आईतबार नेसन्स लिगमा फिनल्याण्डसँग खेल्न लागेको ईङ्ल्याण्डको टिमबाट साकालाई बाहिर राखिएको हो ।

बिहीबार ग्रिसविरुद्धको खेलमा दोस्रो हाफमा २३ वर्षका साकालाई मैदान बाहिर निकालिएको थियो । उनको दायाँ खुट्टामा चोट लागेको छ ।

ईङ्ल्याण्डको टिम बाहिर निकालिएपछि साका आर्सनल फर्किएका छन् । उनी आफ्नो चोटको उपचारमा लाग्नेछन् ।

साका यस सिजन आर्सनलका लागि सबै खेलमा उपलब्ध रहे । उनले १० खेलमा तीन गोल समेत गरेका थिए ।

आर्सनलले अन्तराष्ट्रिय ब्रेकपछि अक्टोबर १९ मा बर्नमाउथविरुद्ध खेल्दैछ ।