आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई हराएको छ । दुबईको शारजाहमा हिजो भएको खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले १९ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । इङ्गल्यान्डका न्याट सिभर ब्रन्टले अविजित ४८ रन बनाए । दक्षिण अफ्रिकाका…