आईसीसी महिला टी–२० विश्वकप आजदेखि शुरू हुँदैछ । यूएईमा हुने महिला टी–२० विश्वकपमा २०२४ मा १० वटा टोलीको सहभागिता रहेको छ । बङ्गलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक अस्थिरताले आईसीसीले टी–२० महिला विश्वकप यूएई सारेको हो । कात्तिक ४ गतेसम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलङ्का छन् ।…