मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबर आजमले कप्तान पदबाट दिए राजीनामा

बाबर आजमले कप्तान पदबाट दिए राजीनामा

न्यूजस्टोरी

काठमाडौं । बाबर आजमले पाकिस्तान क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका छन्।बाजर आजमले सामाजिक सञ्जालमार्फत आफूले कप्तानबाट राजीनामा दिएको जानकारी गराएका हुन्।  आफ्नो पोस्टमा उनले आफ्नो कप्तानी अनुभवलाई अद्भुत भनेका छन्। उनले आफ्ना फ्यानहरूलाई धन्यवाद पनि दिएका छन्।

बाबर आजमले सामाजिक सञ्जालमा लेखेका छन्- फ्यानहरू, म आज तपाईंसँग एउटा समाचार साझा गर्दै छु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु।उनले अगाडि लेखेका छन्- टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छाडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ।

आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने उल्लेख गर्नाका साथै आफ्नो परिवारसँग समय बिताउने पनि बताएका छन्।उनले लेखेका छन्- तपाईंको समर्थन र ममाथिको विश्वासका लागि म आभारी छु। तपाईंको उत्साह मेरा लागि केही अर्थ छ। उनले थपेका छन्- हामीले मिलेर जे हासिल गर्‍यौँ, त्यसमा म गर्व गर्छु र एक खेलाडीsf रूपमा टोलीमा योगदान जारी राख्न तत्पर छु।