मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जेन्टिनाको टोलीमा पुनरागमन गर्दै मेसी

अर्जेन्टिनाको टोलीमा पुनरागमन गर्दै मेसी

न्यूजस्टोरी

स्टार स्ट्राइकर लिओनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा पुनरागमन गर्ने भएका छन्।

भेनेजुएला र बोलिभियाविरुद्धको दक्षिण अमेरिकी विश्वकप छनोट खेलमार्फत ३७ वर्षीय स्टारले पुनरागमन गर्न लागेका हुन्। प्रशिक्षक लियोनल स्कालोनीले अक्टोबर १० मा भेनेजुएलामा हुने खेल र त्यसको पाँच दिनपछि बोलिभियाविरुद्ध ब्यूनस आयर्समा हुने खेलका लागि बुधबार टोलीको घोषणा गरेका हुन्।

कोपा अमेरिकाको फाइनलमा कोलम्बियाविरुद्धको खेलमा चोटका कारण मेसीले यसअघिका दुई चरणको खेल खेलेका थिएनन्।

अर्जेन्टिना १८ अंकका साथ दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ भने कोलम्बिया (१६) र उरुग्वे (१५ अंक) दोस्रो स्थानमा छन्। शीर्ष ६ टोलीले सन् २०२६ को विश्वकपका लागि छनोट हुनेछन् भने सातौं स्थानहासिल गर्ने टोलीले प्लेअफ खेल्नेछन्।