काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले विजयी शुरुआत गरेको छ ।
कोलम्बोको सुगाथादासा रङ्गशालामा आज भएको खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२३ र तेस्रो सेट २८–२६ ले जित्यो ।
आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा नेपालले भोलि उज्वेकिस्तानसँग, तेस्रो खेलमा पर्सि असोज २२ गते माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौं खेलमा असोज २५ गते तुर्किमिनिस्तानसँग खेल्ने तालिका छ ।
प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।


प्रतिक्रिया