आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका विजयी भएका छन् । समूह ‘बी’ को खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई आठ विकेटले हरायो । श्रीलङ्काले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले दुई विकेट गुमाएर १७ ओभर तीन बलमा भेट्टायो ।
त्यसअघि शारजाहमा टस जितेर पहिले व्याटिङ गरेको श्रीलङ्काले पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । यस्तै हिजै भएको समूह ‘बी’ को अर्को खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई सात विकेटले हराएको छ । बङ्गलादेशले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तीन विकेट गुमाएर भेट्टायो ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको बङ्गलादेशले तीन विकेट गुमाएर एक सय छ रन बनाएको थियो । महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदेछन् । आज इङ्ल्यान्ड र स्कटल्यान्ड तथा अस्ट्रेलिया र भारतबीच खेल हुँदैछ ।


प्रतिक्रिया