मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भान डाइकलाई पहिलो रातो कार्ड

भान डाइकलाई पहिलो रातो कार्ड

न्यूजस्टोरी

भर्जिल भान डाइकले रातो कार्ड खाएको खेलमा नेदरल्याण्ड्सले यूईएफए नेसन्स लिग फुटबलमा बराबरी खेलेको छ ।

शुक्रबार लिग एको ग्रुप थ्रीमा नेदरल्याण्ड्सले हंगेरीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु टोलीले पहिलो हाफमा रोलेन्ड सलाईको गोलमा अग्रता बनाएको थियो ।

खेल सकिन ११ मिनेट अघि भान डाइक रातो कार्ड खादै मैदान बाहिरिएका थिए । त्यसको तीन मिनेटमा डच टिमका कोडी गाकपोको फ्रिकिकमा डेन्जेल डमफ्रिजले हेडमार्फत बराबरी गोल फर्काएका थिए ।

नेदरल्याण्ड्सका लागि डाइकले पहिलो रातो कार्ड ब्यहोरेका हुन् ।

समूहमा नेदरल्याण्ड्सले तीन खेलबाट ५ अंक जोडेर छ र दोस्रो स्थानमा छ । जर्मनी ७ अंक सहित शीर्ष स्थानमा छ । हंगेरीले दुई अंक जोडेको छ ।