मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला टी–२० विश्वकप क्रिकेट स् अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हरायो

महिला टी–२० विश्वकप क्रिकेट स् अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हरायो

न्यूजस्टोरी

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हराएको छ । शारजाहमा गएराति भएको खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभर २ बलमा ८८ रनमा समेटियो ।

न्युजिल्यान्डका अमेलिया केरले २९ रन बनाइन । अष्ट्रेलियाका लागि मेगान स्कहटर र अनावेल सुटरल्यान्डले समान ३ विकेट लिइन । त्यसअघि टस जितेर पहिला व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

अष्ट्रेलियाका वेथ मोनेले सर्वाधिक ४० रन बनाइन । न्युजिल्यान्डका अमेलिया केरले ४ विकेट लिइन । अष्ट्रेलियाले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो भने न्युजिल्यान्डले भारतलाई हराएको थियो ।