छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाण्डौमा हुने भएको छ । त्रिभूवन विश्व विद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग ९सीडीपीएस० ले गर्न लागेको सम्मेलनमा ५० भन्दा धेरै देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।
विभागले हिजो पत्रकार सम्मेलन गरी आउँदो मङ्सिर १२ देखि १५ गतेसम्म छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन हुन लागेको जानकारी गराएको हो ।
आठ सय भन्दा धेरै प्रतिनिधि सहभागी हुने सम्मेलनमा एशियाका विभिन्न देशका जनसङ्ख्या विज्ञहरुले १७ वटा थिममा आधारित भएर झण्डै ४ सय कार्यपत्रहरु प्रस्तुत गर्ने सम्मेलन आयोजक समितिका संयोजक तथा त्रिभूवन विश्व विद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग प्रमुख प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङले बताउनुभयो ।
सम्मेलनले सरकारलाई आवश्यक नीति तर्जुमा गर्न महत्त्वपूर्ण पृष्ठपोषण दिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया