काठमाडौं। टोटनह्याम हटस्परका स्ट्राइकर डोमिनिक सोलान्केलाई सात वर्षपछि इङ्ल्यान्डको टोलीमा समेटिएको छ।
अन्तरिम प्रशिक्षक ली कार्स्लेले शुक्रबार ग्रीस र फिनल्यान्डविरुद्ध अर्को साता हुने नेसन्स लिग खेलका लागि उनलाई समावेश गरेका हुन्।
सन् २०१७ मा ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमा उनले इङ्ल्यान्डको टोलीमा डेब्यु गरेका थिए। सोलान्केले टोटनह्यामका लागि पछिल्ला तीन खेलमा गोल गरेका छन्। अगस्टमा बोर्नमाउथबाट ६ करोड ५० लाख पाउन्ड ९८ करोड ५२ लाख ५० हजार अमेरिकी डलर०मा उनी टोटनह्याम गएका थिए।
सोलान्के चोटका कारण कार्स्लेको पहिलो टोलीमा छनोटका लागि उपलब्ध थिएनन्। तर, त्यसपछि उनी राम्रो फर्ममा छन्। उनीसँग विगतमा काम गरेको छु। उनी वास्तवमा अन्तिम टोलीमा हुने नजिक थिए। छनोट हुनुभन्दा ठीक अघि घाइते भए, प्रशिक्षक कार्स्लेले भने।


प्रतिक्रिया