मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा २० वर्षमुनीको पुरुष भलिबल च्याम्पियनशिपको पहिलो खेलमा नेपालले श्रीलङ्कासँग खेल्ने

काभा २० वर्षमुनीको पुरुष भलिबल च्याम्पियनशिपको पहिलो खेलमा नेपालले श्रीलङ्कासँग खेल्ने

न्यूजस्टोरी

श्रीलङ्कामा हुने काभा २० वर्षमुनीको पुरुष भलिबल च्याम्पियनशिपको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग खेल्ने भएको छ । च्याम्पिनशिप भोलिदेखि आउँदो २६ गतेसम्म कोलम्बोमा हुनेछ ।

काभाले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा भोलि श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा पर्सि नेपालले उज्वेकिस्तानसँग, तेस्रो खेलमा असोज २२ मा माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ ।

नेपालले पाँचौँ खेलमा असोज २५ मा तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल हुनेछ ।