मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिग

कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिग

न्यूजस्टोरी

कर्णाली यसभिएसले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार राति भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। कर्णाली जारी प्रतियोगितामा अपराजित रह्यो।

पहिलो सेट कर्णालीले २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट पनि २५–२० ले जित्यो ।

ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्दा खेल लम्बियो। अन्तिम तथा पाचौं सेट कर्णालीले १५–१३ ले जित्दै उपाधि हात पार्‍यो।