मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एन्फा महिला लिगमा पहिलो चरणको अन्तिम खेलमा पुलिसले सङ्कटालाई हरायो

एन्फा महिला लिगमा पहिलो चरणको अन्तिम खेलमा पुलिसले सङ्कटालाई हरायो

न्यूजस्टोरी

काठमाडौं, १८ असोज । एन्फा महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज भएको पहिलो चरणको अन्तिम खेलमा पुलिसले यसअघि नै बाहिरिसकेको टोली सङ्कटालाई २–१ गोलले हरायो ।

जीतसँगै पुलिसले ९ खेलमा २१ अङ्क जोडेको छ । पुलिस यो खेलअगावै तेस्रो स्थानमा रहेर अघिल्लो चरणमा पुगिसकेको थियो । यो खेल असोज १२ गते हुने तालिका भए पनि विभिन्न कारणले रोकिएको थियो ।

लिगमा १० वटा टोली सहभागी भएकोमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेश शीर्ष ५ मा रहँदै दोस्रो चरणमा पुगेका छन् ।

बाग्मती युथ क्लब, सङ्कटा क्लब, रौतहटको चन्द्रपुर नगरपालिका, कर्णाली प्रदेश र सुदूरपश्चिम बाहिरिएका छन् ।