डेभिड फ्राटेसीको निर्णायक गोलसँगै डिफेन्डिङ युरोकप च्याम्पियन इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बोस्निया एन्ड हर्जेगोभिनालाई पराजित गरेको छ। कार्लो कास्टेलानी स्टेडियममा आइतबार राति सम्पन्न खेलमा इटाली १-० गोल अन्तरले विजयी भएको हो। खेलको ३८औं मिनेटमा फ्राटेसीले निर्णायक गोल गरेका थिए।उनले फेडेरिको चिएसाको पासमा गोल गरेका थिए। इटालीले युरो २०२० को उपाधि जिते पनि पछिल्ला दुई विश्वकपमा…