काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ। १२९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १०.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि साइ होप र निकोलस पुरनले अविजित रहँदै क्रमशः ८२ र २७ रन जोडे। जोनसन चार्ल्स १५ रनमा आउट भए।अमेरिकाका हरमित सिंहले एक विकेट लिए। त्यसअघि बार्बाडोसमा…