मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

न्यूजस्टोरी

काठमाडौँ । आईसीसी टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। वेस्ट इन्डिजमा आइतबार बिहान भएको खेलमा नेपाल पराजित भएको हो। दक्षिण अफ्रिकाले दिएको ११६ रन लक्ष्य पछ्याउने क्रममा नेपाल ११४ रनमै समेटियो।

नेपालका लागि आशिफ शेखले ४२, अनिल साहले २७, कुशल भुर्तेलले १३, सोमपाल कामीले आठ, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले ६/६ रन बनाए। दक्षिण अफ्रिकाका लागि तब्राइज सम्सीले चार, एनरिज नोर्जे र एडन म्यार्कमरले एक/एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सात विकेट गुमाउँदै ११५ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि रिजा हेन्डरिक्सले ४३, टिस्टन स्टब्सले २७, एडन मार्करमले १५, क्वान्टन डिककले १० र डेभिड मिलरले सात रन बनाए। नेपालका लागि कुशल भुर्तेलले चार र दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए।

यो हारसँगै नेपालको ‘सुपर-८’ को सम्भावना सकिएको छ। दक्षिण अफ्रिका यसअघि नै ‘सुपर-८’ मा पुगिसकेको छ। अब बाङ्लादेश र नेदरल्यान्डस्‌मध्ये एक टोली अर्को चरणमा पुग्नेछन्।  नेपालको अन्तिम खेल सोमबार बाङ्लादेशसँग हुनेछ।