मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेखक पक्राउबारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

लेखक पक्राउबारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

न्यूजस्टोरी

काठमाडौं, १४ चैत्र । पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयमा पार्टीको धारणा बनाउन कांग्रेस नेताहरुले परामर्श सुरु गरेका छन् । लेखक पक्राउ परेपछि पार्टीको धारणा बनाउन र आगामी कदमका विषयमा निर्णय गर्न नेताहरूले परामर्श गरिरहेको कांग्रेसका केन्द्रीय प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

परामर्शपछि नै लेखक पक्राउबारे पार्टीको धारणा सार्वजनिक गरिने प्रवक्ता चालिसेले बताए । कांग्रेसले आजै बिहान ११ बजे पार्टीका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखेको छ ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई बिहान सबेरै उनको कटुन्जे स्थिति निवासबाट प्रहरीले पक्राउ गरेको थियो।