शेखर छतकुली
पर्सा, २४ जेठ
जिल्ला प्रहरी कार्यालय पर्साले ९ महिनामा ४३ करोड भन्दा बढीको अबैध तस्करी सामान सहित बिभिन्न लागु औषध सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीमा प्रमुख उपरिक्षकको रुपमा कमाण्ड समाहलेका एसपी सुदिप राज पाठको ९ महिना कार्यालमा उक्त मुल्य बराबरको अवैध तस्करीको सामान सहित ठुलो मात्रामा लागु औषध खैरो हिरोइन गाँजा चरेश भ्याट ट्यावलेट लगाएतका लागु औषध सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएका छन ।
पर्सा प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक पाठकको आगमनसंगै पर्सामा अहिले केही हद सम्म अवैध ओसारपसारका तस्करी नियन्त्रणमा रहेको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार एसपी पाठकले जिम्मेवारी समहालेको असोज ७ गते देखि जेठको २४ गते सम्ममा ४३ करोड ९८बलाख ६७ हजार ४ सय ५० रुपैया बराबरको भन्सार छली तथा चोरी निकासीका समानहरु नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीले असोज ७ गते देखि जेठको २४ गते सम्ममा अवैध ओसारपसारमा संलग्न भएको ४९ वटा सवारी साधन र कारोबारमा संलग्न ४ जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा कारवाहीको लागि पठाईएको एसपी पाठले जनाएकाछन ।
पर्सा प्रहरी प्रमुख एसपी पाठकले २०८२ साल असोज ७ गतर देखी पर्सा जिल्लाको कमान्ड सम्हालेका दिन देखी नै तस्करीमा कडाई गरेपछि तस्करहरु अहिले पर्सा जिल्ला छाडेर छिमेकी जिल्ला वारा रौतहत सर्लाही जिल्लाको तर्फ भागेका छन्।
एसपी पाठकले तसकरीमा कडाई गरेपछि तस्करहरुको अहिले जिल्लाबाट भागाभाग नै भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सुदिप राज पाठक आफै बिभिन्न स्थानमा चेकजाँचका लागी राति दिउसोको समयमा सादा पोशाकमा पुग्ने गरेका छन् ।
यसले यस अघि जिल्लाको विभिन्न क्षेत्रहरुबाट हुदै आएको चोरी निकासी प्राय ठप्प रहेको छ ।
एसपी पाठकको कडा प्रहारले पर्साको प्रहरी चौकीहरुका प्रहरी समेत सिमानाकामा कडाई गर्न थालेका छन् भने तस्करहरुको मनोबल अहिले खस्किएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व गरिरहेका एसपी पाठकले लागुऔषध नियन्त्रण अभियानमा कडाई गरेपछि लागु औषध तर्फ गाँजा ७९९ किलो ४० ग्राम , चरेश २६९ किलो ४०० ग्राम, ब्राउन सुगर ४१ ग्राम ६८९मिलीग्रा, फेनारगन ३५० एम्पुल, डाईजेपाम ३५० एम्पुल, न्युनोर्फिन ३५० एम्पुल, कोरेक्स १ बोतल, ट्रामाडोल क्यापसोल १,३६,७१० पिस, नाईट्रोजेपामप २३० ट्याब्लेट सहित ५९ जनालाई पक्राउ गरेका छन्।
पर्सा प्रहरीले ४३ जना कारोबारीको विरुद्ध बिभिन्न मुद्दामा मुद्दा दर्ता गरेको पर्सा प्रहरीले जनाएको छ।
त्यसैगरी प्रहरीले ६२ लाख ६१ हजार ४७० रुपैयाँ सहित हुण्डी कारोवारमा संलग्न रहेका ९ वटा मुद्दा दर्ता गरि १३ जनालाई श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिई थप कार्यबाही गरेको छ।
ज्यान सम्बन्धी कसूरको घटना र अनुसन्धानमा यस ९ महिनाको अवधिमा ज्यान सम्बन्धी एक दुःखद घटना पनि प्रतिवेदनमा समेटिएको छ ।
२०८२६र१४ गतेको दिन जिल्ला बारा परवानीपुर गाउपालिका वडा नम्बर ९ घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १० बस्ने गोल्डेन भन्ने शिवम शाह कानुले गहवा माईको मेला हेर्न जान्छु भनि घर बाट निस्कि गएकोमा मेलामा गई केटाहरु संग वादविवाद तथा हातपात गरेको र विगतका दिनहरुमा उक्त समूहहरु बिच एक आपसमा झै(झगडा वाद(विवाद हुने गरेको सोही रिसईवी लिई मृतक गोल्डेन भन्ने शिवम शाहलाई एक्लै मौका छोपी विपक्षी समूहका ९ दरिन्दे खुणखार समूह० का केटाहरुले हात मुक्का,बाँसको भाठ्ठाले समेत प्रहार गरेका थिए।
कर्तव्य कसुर गरि मारेको भनी हाल सम्म खुल्न आएको घटनामा संलग्न ७ जनालाई भारतको मोतिहारी जिल्ला थाना बल्थर स्थितिमा लुकिछिपी बस्दै आएको सूचनाको आधारमा एसपी पाठकले भारतीय प्रहरी संग समन्वय गरि पक्राउ गरि उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धि कसूरमा मुद्दा चलाई पुर्पक्षको लागि कारागार पठाइएको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख गरेको समाचार प्राप्त भएको छ।
पर्सा प्रहरीको अन्य पहलकदमी र सामुदायिक कार्यक्रम अन्तर्गत प्रहरीले यस अवधिमा प्रहरी कार्यालयमा विद्यार्थी, प्रहरी कर्मचारी, थुनुवाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर तथा मोटिभेसनल क्लास जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । कार्यालयमा जनमैत्री वातावरण कायम गर्न पहल भइरहेको र सामुदायिक प्रहरीको माध्यमबाट सामाजिक सद्भाव कायम गराउने प्रयास जारी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
लागू औषधसहित विभिन्न मदिराजन्य नियन्त्रण विरुद्धको अभियानमा पनि प्रहरीले थप सक्रियता देखाएको छ ।एसपी पाठकले ९ महिनाको अवधिमा पर्साको ग्रामीण भेगमा ७ बिघा र १५ कठ्ठा जग्गामा लगाएको लागूऔषध गाँजा फडानी गरि ४ लाख ३२ हजार ६ सय बोट नष्ट गरेको जानकारी समेत गराएको छ।
प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिँदै कुल ७५५ जना प्रतिवादी पक्राउ परेका छन पक्राउ परेका प्रतिवादीहरुबाट सजाय कोे दिन अनुसार १५२ वर्ष ८ महिना २१दिनको कैद सजाय असुल गरिएको साथै जरिवाना बापत ७ करोड ६६ लाख ९६ हजार ७६० रुपैयाँ असुली गर्न पर्सा प्रहरी सफल भएका छन।
यसैगरी वन जंगल फडानी गरी काठ तस्किरीमा संलग्नलाई वन डिभिजन कार्यालयको समन्वयमा पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट बरामद भएको ४३२ क्युफिट काठसहित नियन्त्रणमा लिइएका चालक, ट्रयाक्टर र साइकलसमेत वन डिभिजन कार्यालयमा बुझाइएको छ जानकारी प्राप्त भएको छ।
साथै पर्सा प्रहरीले मानव बेचबिखनमा ३ वटा मुद्दा दर्ता गरि ५ जनालाई कानुनी कार्यबाही गरि पुर्पक्षका लागि अदालतबाट कारागार कार्यालय वीरगन्जमा पठाएको छ।


प्रतिक्रिया