प्रशिक्षक स्टेफानो पियोलीले सिजनको अन्त्यसँगै इटालियन क्लब एसी मिलान छोडेका छन्। मिलानले सिजनको अन्तिम लिग सालेर्निटानासँग खेल्नुभन्दा एक दिनअघि शुक्रबार पियोलीले क्लबबाट बाहिरिने घोषणा गरेका थिए।पाँच वर्षको कार्यकालमा उनले मिलानलाई सन् २०२२ को सिरी ‘ए’ को उपाधि जिताएका थिए। मिलानका ‘फ्रन्ट अफिस’ ज्लाटान इब्राहिमोभिचले पहिले नै उनको उत्तराधिकारीको खोजी गरिरहेका थिए। क्लबले पियोलीलाई अविस्मरणीय लिग…